भोटको अवस्था मजबुत रहेकाले रुपन्देही उपनिर्वाचनमा पहिलो पार्टी बन्ने कांग्रेसको निष्कर्ष

२०८२ श्रावण ९ शुक्रवार
सारांश
  • शुक्रबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले मधेसवादी दलहरू एक भएर लडेमा चुनौती हुनसक्ने भएपनि भोटको अवस्था मजबुत भएको कारण चुनाव जित्ने निष्कर्ष निकालेको प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।

काठमाडौं : नेपाली कांग्रेसले रुपन्देहीमा कांग्रेसको भोटको अवस्था मजबुत रहेको कारण कात्तिकमा हुन लागेको रुपन्देही ३ को उपनिर्वाचनमा पहिलो पार्टी बन्ने निष्कर्ष निकालेको छ ।


शुक्रबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले मधेसवादी दलहरू एक भएर लडेमा चुनौती हुनसक्ने भएपनि भोटको अवस्था मजबुत भएको कारण चुनाव जित्ने निष्कर्ष निकालेको प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए । 


उनले भने, ‘अहिलेको पोजिसन के छ भन्न गाह्रो छ । प्रमुख चुनौती एमाले, रास्वपा, मधेस केन्द्रित दल एक भएर लड्ने भन्ने छ उनीहरूको पनि राम्रै उपस्थिति हुनसक्छन् । तर त्यहाँ कांग्रेस नै पहिलो पार्टी हो । प्राविधिक रूपले हामीले चुनाव हारेका हौँ । तर हाम्रो भोटको अवस्था मजबुत रहेको आजको निष्कर्ष छ ।’


त्यस्तै, उनले रुपन्देहीमा गठबन्धनलाई पर राखेर समानुपातिक पार्टीको मत मात्र हेर्ने हो भने कांग्रेस पहिलो पार्टीको रुपमा नै रहेको दाबी गरे । 


उनले भने, ‘हामीले हेर्ने भनेको रुपन्देहीमा विभिन्न गठबन्धनहरू थिए गएको निर्वाचनमा, गठबन्धनलाई पर राखेर समानुपातिक पार्टीको मत मात्र हेर्ने हो भने कांग्रेस पहिलो पार्टीको रुपमा नै थियो । जसले त्यतिबेला २० हजार मत प्राप्त गरेको थियो । दोस्रो भएको एमालेले १६ हजार मत ल्याएको थियो । तेस्रो पार्टी रास्वपाले १४ हजार मत प्राप्त गरेको थियो । त्यसपछि मधेसवादी दलहरू थिए ।’


उनले यस पटकको निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरु पनि धेरै हुनसक्ने सम्भावना रहेकोे पनि बताए । बैठकमा मन्त्री फेरबदलको विषय भने प्रवेश नै नगराएको उनले जानकारी गराए । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार